Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

माधवलाई वामदेवको आग्रह - मलाई पनि जिम्मेवारी दिनुपर्‍यो

माधवलाई वामदेवको आग्रह - मलाई पनि जिम्मेवारी दिनुपर्‍यो

सोमवार , भाद्र ९, २०८२

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता वामदेव गौतमले पार्टी प्रवेश गरेको दुई महिना पुग्न लाग्दासमेत आफूलाई कुनै ठोस जिम्मेवारी नदिइएको गुनासो गरेका छन् ।

पार्टी स्थापनाको चार वर्ष पूरा भएको अवसरमा सोमबार आलोकनगरस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले अध्यक्ष माधवकुमार नेपालसमक्ष औपचारिक रूपमा जिम्मेवारी दिन आग्रह गरेका हुन् ।

“दुई महिना कट्न लागेको छ, अहिले मेरो जिम्मेवारी विभागहरूको संयोजक किसिमको छ । हरेक दिन पार्टी अफिसमा आउँछु । तर अध्यक्षलाई दिनहुँ आउँछ भन्ने थाहा थियो,” उनले भने ।

गौतमले पार्टीमा चित्त बुझेन भनेर अन्यत्र जाने छुट आफूलाई नभएको स्पष्ट पारे । उनले भने, “खुट्टा एक ठाउँमा टेकेको छैन, अर्कातिर जान खुट्टा उठाइसकेको छ भन्छन् । अहिले त्यो भन्न दिनेवाला म छैन ।”

नेता गौतमले आफू जनतामाझ जान तयार रहेको उल्लेख गर्दै पार्टीका नेताहरू काठमाडौंमै सीमित हुने गरेको आलोचना गरे । “अब एकीकृत समाजवादीका नेताहरू जनताका बीचमा हुनेछन्,” उनले भने ।

पार्टीभित्र ‘नक्कली कम्युनिस्ट’ बन्ने प्रवृत्तिबाट सचेत रहनुपर्ने भन्दै गौतमले तल्ला तहमा जानुपर्ने आवश्यकता दोहोर्याए । “म नै जानुपर्छ कि भन्ने लागेको हो । मसँग एउटा नेता त पक्कै हुनुहुन्छ,” उनले टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077