Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

शिक्षकहरुले अहिले गरिरहेको आन्दोलन अनावश्यक हो  : शिक्षामन्त्री

शिक्षकहरुले अहिले गरिरहेको आन्दोलन अनावश्यक हो  : शिक्षामन्त्री

सोमवार , भाद्र ९, २०८२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सामुदायिक विद्यालयका शिक्षक अनावश्यक आन्दोलनमा उत्रिएका बताएका छन् ।

विद्यालय शिक्षा विधेयक २०८० मा शिक्षकका ९० प्रतिशत माग विद्यालय शिक्षा विधेयकमा समेटिएको उनले जिकिर गरे ।

उनले भने- 'सबै माग त कसरी सम्बोधन गर्न सकिन्छ ? शिक्षकसँग भएका सहमति ९० प्रतिशत विधेयकमा समेटिएको छ। शिक्षकले अहिले गरिरहेको आन्दोलन अनावश्यक हो । नेता बनेकालाई आफ्नो समर्थन घट्छ कि भन्ने डर छ । त्यसैले कुनै समूहले एउटा विषयमा असन्तुष्ट जनाउँदैमा महासंघ आन्दोलनमा उत्रिहाल्छ ।'

आन्दोलनमा, माग पूरा नभई सडकबाट नफर्कने अडान शिक्षकका नेताले राजनीति गर्न खोजेको उनको आरोप छ ।

उता महासंघले भने यसअघि नै आन्दोलनका कार्यक्रमहरु घोषणा गरिसकेको छ ।

महासंघले भदौ ६ गते शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आजबाट आन्दोलन गर्ने जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077