काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विराजभक्त श्रेष्ठले सरकारले तयारीबिनै इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय जनतामाथिको आर्थिक शोषण भएको टिप्पणी गरेका छन्।
आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सवारी साधन किन्दाखेरि नै शुल्क तिरेको उल्लेख गर्दै यस्तो आरोप लगाएका हुन्।
उनले फेसबुकमा लेखेका छन्- 'सरकारले तयारी नै नगरी बलजफ्ती रूपमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट लागू गर्ने निर्णय जनतामाथि गरिएको अर्को अन्याय हो। सवारीधनीले सवारीसाधन किन्दै नम्बर प्लेटको शुल्क तिरिसकेको हुन्छ। सरकारले नम्बर प्लेट फेर्ने नाममा यसअघि पनि जनताबाट आर्थिक शोषण गरिसकेको छ। अझैसम्म लाखौं नागरिकलाई चालक अनुमति पत्र (लाइसेन्स) वितरण गर्न नसकेको सरकारले अब पुनः पूर्वाधार, प्राविधिक तयारी ( इम्बोस्ड नम्बरको औचित्य नै पुष्टि नगरी) र नेपाली भाषा-लिपिको संवेदनशीलता नहेरी जबरजस्ती निर्णय लागू गर्नु जनभावनाविपरीत कदम हो।
उनले लाखौँ नागरिकलाई लाइसेन्स वितरण गर्न नसकेको सरकार इम्बोस्ड नम्बर प्लेट जबरजस्ती लागू गर्न लाग्नु जनभावना विपरीत भएको दाबी गरे।
उनले नेपाली भाषा र लिपिको संवेदनशीलता नहेरी सरकारले लिएको निर्णय उचित नभएको समेत टिप्पणी गरेका छन्।
'