Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

एमसीसी सम्झौता गरेर नेताहरूले राष्ट्रप्रति घात गरे : झलनाथ खनाल

एमसीसी सम्झौता गरेर नेताहरूले राष्ट्रप्रति घात गरे : झलनाथ खनाल

सोमवार , भाद्र ९, २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले अमेरिकी स्वार्थलाई ध्यानमा राखी एमसीसी सम्झौता गरेर नेताहरूले राष्ट्रप्रति भयानक घात गरेको आरोप लगाएका छन् ।

नेपाली विशेषताको समाजवाद विचार गोष्ठीलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्

उनले भने- '१३ वटा दस्तावेज त मैले पनि पढेको छु। हरेकमा अमेरिकी स्वार्थलाई ध्यानमा राखी भन्ने वाक्य कहीँ छुटेको छैन । प्रत्येक दस्ताबेजमा अमेरिकी सुरक्षा किन लेख्नुपर्‍यो, यो अत्यन्त आत्मघाती कुरा छ । यो देशका नेताहरूले राष्ट्रप्रति गरेको भयानक घात हो। सामान्य घात होइन। यो कुरा ती नेताहरूले हेरेका पनि छैनन् ।हामीले यो परिपाटीलाई बदल्नुपर्नेछ। अब एमसीसीजस्तै अर्को गल्ती गर्ने नजिर बनाउन हुँदैन।'

एमसीसी सम्झौताले मुलुकलाई विभाजित गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077