काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुरू भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको हो ।
बैठकमा सरकारको दैनिक प्रशासनिक काम कारबाहीबारे छलफल हुनुका साथै मन्त्रालयगत आवश्यक निर्णय हुने बताइएको छ ।
यो नियमित बैठक रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सामान्यतः मन्त्रिपरिषद् बैठक हप्ताको दुई दिन सोमबार र बिहीबार बस्ने अभ्यास छ ।