काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठकमा राज्य व्यवस्था समिति सभापतिबारे छलफल भएको छ ।
बैठक पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठमा बसेको हो ।
बैठकमा पार्टीको तर्फबाट राज्य व्यवस्था समितिको सभापति कसलाई बनाउने भन्ने विषयमा छलफल भएको बताइएको छ ।
कांग्रेसको तर्फबाट राज्य व्यवस्था समितिको सभापति बनेका रामहरि खतिवडाले राजीनामा दिएपछि उक्त स्थानमा सभापति कसलाई बनाउने भन्नेबारे छलफल भएको छ ।
त्यस्तै बैठकमा रुपन्देही क्षेत्र नं. ३ मा आगामी कात्तिकमा हुन लागेको उपनिर्वाचनबारे पनि छलफल भएको थियो । दुवै विषयलाई टुङ्ग्याउनका लागि भोलि बिहान पुनः बैठक बस्ने बताइएको छ ।