Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

तीजले सबैको परिवारमा आत्मीयता, दाम्पत्यमा उल्लास र समाजमा सौहार्द फैलाओस् : प्रधानमन्त्री ओली

तीजले सबैको परिवारमा आत्मीयता, दाम्पत्यमा उल्लास र समाजमा सौहार्द फैलाओस् : प्रधानमन्त्री ओली

मंगलवार , भाद्र १०, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीज आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणको उत्सव भएको बताएका छन् ।

तीज पर्वको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले फेसबुकमा पेजमा लेखेका छन्- 'तीजलाई प्रायस् गीत-नृत्यको पर्वका रूपमा मात्रै बुझ्ने गरिएको छ । तर यसको मूल सम्बन्ध व्रत, संयम र आत्म–अनुशासनसँग गहिरो रूपमा जोडिएको छ । प्राचीन कालमा पतिपत्नी दुवैले सप्तऋषिको पूजा गर्दै व्रत बस्ने चलन रहेको पाइन्छ । समय क्रममा महिलामात्रै व्रत बस्ने परम्परा विकसित भयो । अहिलेको समाजमा अझै नयाँ मतहरू पनि आएका छन् ।'

'हाम्रो संस्कृतिले तीजलाई आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणको व्रतोत्सवका रूपमा लिएको छ । संयुक्त परिवार संस्कृतिको सुगन्ध बोकेको हरितालिका तीजले सबैको परिवारमा आत्मीयता, दाम्पत्यमा उल्लास र समाजमा सौहार्द फैलाओस् ।'

ओलीले तीजलाई नाचगानको पर्वको रुपमा मात्र बुझ्न नहुने बताएका छन् । तिजको मूल सम्बन्ध व्रत, संयम र आत्म-अनुशासनसँग गहिरो रूपमा जोडिएको उनले बताए ।

'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077