Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

किसान सडक आन्दोलनमा आउनु अत्यन्त दुःखद्, माग तुरुन्त पुरा गरौँ : शेखर कोइराला

किसान सडक आन्दोलनमा आउनु अत्यन्त दुःखद्, माग तुरुन्त पुरा गरौँ : शेखर कोइराला

मंगलवार , भाद्र १०, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले किसान सडक आन्दोलनमा आउन बाध्य हुनु अत्यन्त दुखद भएको बताएका छन् ।

कोइरालाले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै कृषिलाई सरकारले प्राथमिकतामा राखेको भनेर किताबमा लेखेर तथा भाषणमा बोलेर मात्रै नहुने बताएका हुन् । उनले किसानको माग पुरा गर्न सरकारलाई आग्रह गरे ।

‘कृषिलाई सरकारले प्राथमिकतामा राखेको भनेर किताबमा लेखेर तथा भाषणमा बोलेर मात्रै हुन्छ र ?,’ कोइरालाले लेखेका छन्, ‘उखुको बोट सहित किसान सडक आन्दोलनमा आउनु अत्यन्त दुःखद स्थिति हो। उनीहरूको माग तुरुन्त पुरा गरौँ।’

खेतीको बेलामा मल नपाउने, खेतमा हुनुपर्ने बेलामा किसान मल किन्न लाइनमा उभिनुपर्ने, उत्पादन भएको दूध सडकमा फाल्नुपर्ने, देशको प्रमुख नगदे बाली उखुमा कहिले भुक्तानी नपाउने, कहिले अनुदान कटौती गरिने, अनि हामी कसरी खाद्यान्नमा आत्मनिर्भर हुन सक्छौँ ? भन्दै उनले सरकारमाथि प्रश्न तेर्साएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077