Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

राज्य व्यवस्थामा न्यौपानेलाई सभापति बनाउने कांग्रेसको निर्णय

राज्य व्यवस्थामा न्यौपानेलाई सभापति बनाउने कांग्रेसको निर्णय

मंगलवार , भाद्र १०, २०८२

काठमाडौं । नेपाली कांग्रेसले ईश्वरी न्यौपानेलाई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति बनाउने भएको छ ।

मंगलबार बिहान सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले न्यौपानेलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । न्यौपाने सुनुवाई समितिकी सभापति थिइन् ।

रामहरी खतिवडालाई न्यौपानेको स्थानमा लैजाने तयारी भएको बताइएको छ । यस अगाडि खतिवडाले संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गडबडी गरेको पाइएपछि विवादित बनेका थिए ।

उनले त्यसपछि सभापति पदबाट राजीनामा दिएका थिए । राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा आज मनोनयन दर्ता हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077