Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

पूर्वराष्ट्रपति भण्डारीसँग रास्वपा प्रवक्ता झाको भेट, भनिन् – रविजीप्रति मेरो सद्‌भाव छ

पूर्वराष्ट्रपति भण्डारीसँग रास्वपा प्रवक्ता झाको भेट, भनिन् – रविजीप्रति मेरो सद्‌भाव छ

मंगलवार , भाद्र १०, २०८२

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले मंगलबार बिहान भेटवार्ता गरेका छन् । झा भण्डारीलाई भेट्न उनको निवास भंगाल पुगेका थिए ।

करीब डेढ घण्टा लामो भेटमा भण्डारीले रास्वपालाई विचार र बहसलाई मजबुत बनाउन सुझाव दिइन् । भूराजनीति, राष्ट्रिय हित र समृद्धिका विषयमा खुला छलफल चलाउनुपर्नेमा उनले जोड दिएकी थिइन् ।

“नयाँ राजनीतिक दललाई पुरानाले गाइड गर्नुपर्छ,” भण्डारीको भनाइ उद्धृत गर्दै झाले भने । भेटमा झाले समान मुद्दामा रास्वपा सभापति रवि लामिछानेमाथि गरिएको व्यवहारप्रति असन्तोष प्रकट गरेका थिए ।

यसबारेमा भण्डारीले कानुनको नजरमा सबै समान हुने र कसैलाई पनि काखापाखा गर्न नहुने टिप्पणी गरेकी थिइन् ।

भेटको अन्त्यमा झाले ‘रवि लामिछानेलाई केही सन्देश छ ?’ भनेर सोध्दा भण्डारीले सद्‌भाव प्रकट गरेकी थिइन् । “रविजीप्रति मेरो सद्‌भाव छ भनिदिनुहोला,” उनले भनेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077