Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिने ईश्वरी न्यौपानेको तयारी

संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिने ईश्वरी न्यौपानेको तयारी

मंगलवार , भाद्र १०, २०८२

काठमाडौं । संसदीय सुनुवाइ समितिकी सभापति ईश्वरी न्यौपानेले पदबाट राजीनामा दिने भएकी छन् ।

नेपाली कांग्रेसको आज बिहान बसेको पदाधिकारी बैठकले उनलाई प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा उम्मेदवार बनाउने निर्णय गरेपछि उनले राजीनामा दिन लागेकी हुन् ।

एउटै सांसद दुई समितिको सभापतिमा बस्न नमिल्ने भएकाले न्यौपानेले सुनुवाइ समितिबाट राजीनामा दिन लागेको बताइएको छ ।

यसअघि सो समितिको सभापति रहेका कांग्रेस सांसद रामहरी खतिवडा संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडसम्बन्धी प्रावधानमा विवाद उठेपछि राजीनामा दिएका थिए । खतिवडाले नैतिक जिम्मेवारी स्वीकार गर्दै सभापति पदबाट राजिनामा दिएका थिए ।

खतिवडाको राजीनामापछि खाली रहेको राज्यव्यवस्था तथा सुशासन समितिको सभापति पदमा अब न्यौपानेको उम्मेदवारी पक्का भएको छ । यससँगै प्रतिनिधिसभामा समितिको नेतृत्व फेरबदलको प्रक्रिया अघि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077