Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

न्यौपानेले दिइन् सुनुवाइ समिति सभापतिबाट राजीनामा, अब राज्यव्यवस्था समितिमा उम्मेदवारी

न्यौपानेले दिइन् सुनुवाइ समिति सभापतिबाट राजीनामा, अब राज्यव्यवस्था समितिमा उम्मेदवारी

मंगलवार , भाद्र १०, २०८२

काठमाडौं । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापति पदबाट राजीनामा दिएकी छन् ।

कांग्रेसले उनलाई प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको सभापति बनाउने निर्णय गरेपछि न्यौपानेले आज सभामुख देवराज घिमिरेसमक्ष राजीनामा बुझाएकी हुन् ।

राज्यव्यवस्था समिति सभापति पदका लागि आज दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको छ ।

यसअघि कांग्रेस सांसद रामहरी खतिवडाले सो पदबाट राजीनामा दिएपछि रिक्त भएको उक्त पदमा बुधबार निर्वाचन हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077