काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरीदेवी न्यौपानेले मनोनयन दर्ता गराएकी छन् ।
संघीय संसद सचिवालयले तोकेको समयभित्र नेपाली कांग्रेसकी सांसद न्यौपानेले मंगलबार आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् ।
न्यौपानेले आजै संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएकी थिइन् । राज्यव्यवस्था समितिको सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको प्रस्तावक कांग्रेस सांसद रामहरि खतिवडा छन् । सभापति चुन्न बुधबार दिउँसो ३ बजे समिति बैठक बोलाइएको छ ।
कुलिङ अफ पिरियडमा भएको त्रुटिमा संसदीय छानबिन समितिले नैतिकरुपमा दोषी देखाएपछि तत्कालिन सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका थिए ।