Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

राज्य व्यवस्था समिति सभापतिमा न्यौपाने, शपथ आजै

राज्य व्यवस्था समिति सभापतिमा न्यौपाने, शपथ आजै

बुधवार , भाद्र ११, २०८२

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छन् ।

नेपाली कांग्रेसकी सांसद न्यौपानेको शपथ आज ४ बजे सिंहदरबारस्थित कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा हुनेछ ।

समिति सभापतिमा उम्मेदवारी दिन संघीय संसद् सचिवालयले तोकेको मंगलबार दिउँसो एक बजेदेखि ४ बजेसम्मको समयमा उनको मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएकी थिइन् ।

समिति सभापति रामहरि खतिवडाले कुलिङ पिरियड सम्बन्धी विवादमा मुछिएपछि गत साउन २८ गते सभापति पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077