बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको निवेदनमाथि सुनुवाइ सकिएको छ । उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्ययायाधीश सागर विष्टको इजलासमा रविका तर्फबाट दिइएको निवेदनमाथि सुनुवाइ सकिएको हो ।
लामिछानेले जिल्ला अदालत रुपन्देहीमा पनि बिगो बमोजिम दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी बैंक ग्यारेन्टीमार्फत बुझाउने प्रस्ताव गर्दै थुनामुक्त गराउन निवेदन दिएका थिए ।
तर, जिल्ला अदालतले सर्वोच्च अदालतले दिएको आदेश उल्टाउन नसक्ने र प्रतिवादीको बिगो छुट्याइएको अवस्था नरहेकाले माग बमोजिम आदेश जारी गर्न नसक्ने भन्दै उनको निवेदन खारेज गरेको थियो ।
त्यसपछि रवि उच्च अदालत पुगेका हुन् । केहीबेरमा उच्च अदालतले निवेदनका सम्बन्धमा आदेश दिनेछ ।