Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

राजनीतिक दलहरु ऐन विपरित लुकामारी खेल्दैछन् : पूर्वप्रमुख निर्वाचन आयुक्त

राजनीतिक दलहरु ऐन विपरित लुकामारी खेल्दैछन् : पूर्वप्रमुख निर्वाचन आयुक्त

बुधवार , भाद्र ११, २०८२

काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलहरु ऐन विपरित लुकामारी खेलेजसरी चलिरहेको टिप्पणी गरेका छन्।

आज काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयनको दश वर्षको समीक्षा, उपलब्धि, समस्या तथा चुनौती र सुझाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरे।

उनले राजनीतिक दलका केन्द्रिय पदाधिकारीले आफू निर्वाचित भएको ६० दिनभित्र आफ्नो सम्पती विवरण राजनीतिक दलको कार्यालयमा बुझाउनुपर्ने ऐनमा व्यवस्था भए पनि कुनै पनि दलले त्यसको कार्यान्वयन नगरेको उल्लेख गरे।

उनले राजनीतिक दलहरु नै ऐन विपरित चल्दा मुलुकको विकास, सुशानस र संस्थागत उन्नतिका विषयमा गम्भीर असर परेको बताए।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077