Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

माओवादीलाई विश्वास नगरे देश दुर्घटनामा पर्छ, बच्दैन : प्रचण्ड

माओवादीलाई विश्वास नगरे देश दुर्घटनामा पर्छ, बच्दैन : प्रचण्ड

बुधवार , भाद्र ११, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई जनताले विश्वास नगरे देश दुर्घटनामा पर्ने टिप्पणी गरेका छन्।

आज काठमाडौमा पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय उर्जा संवाद, २०८२ लाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

प्रचण्डले भने- 'अहिले माओवादीअनुसारको पाठ्यक्रम हुनुपर्ने, यो परिवर्तन उसले ल्याएको भएपछि नीतिहरु पनि त्यो अनुसार बन्नुपर्ने, लास्टमा कुरो नढाँटीकन भन्दा माओवादीलाई जनताले विश्वास गरेन भने यो देश दुर्घटनामा पर्छ भन्ने मलाई लाग्छ। बच्दैन, बच्दैन। धेरै ठूलो अफ्ठ्यारोमा जान्छ।'

उनले जनताले अब पनि माओवादीलाई विश्वास नगरे देश दुर्घटनामा पर्ने जिकिर गरे।

उनले भने- 'माओवादीको पहिलो सरकार, दोस्रो सरकार, तेस्रो सरकार हुँदा राम्रो बाहेक कुनै नराम्रो काम गरेकै छैन भन्नेकुरा बिर्सिएर कांग्रेस र एमाले जो भ्रष्टाचारमा लिप्त छन्, भ्रष्टाचारीलाई बचाउनै बनाएका हुन्।  मैले त खुलेआम भनेको छु, सदनमै भनेको छु। यो सरकार डरबाट बनेको हो।'

उनले वर्तमान सरकार सुशासन दिनका लागि नबनेको समेत उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077