Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

लिपुलेक विवाद चीन भ्रमणमा उठाउने प्रधानमन्त्री ओलीको तयारी

लिपुलेक विवाद चीन भ्रमणमा उठाउने प्रधानमन्त्री ओलीको तयारी

बुधवार , भाद्र ११, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकका विषयमा भारत र चीनले गरेको सहमतिबारे आवाज उठाउने भएका छन् ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार प्रधानमन्त्री ओलीको आगामी चीन भ्रमणका क्रममा दुवै राष्ट्रका प्रमुखसँग हुने भेटमा लिपुलेकबारे दुई देशले गरेको निर्णयको विषय उठाउने भएका हुन् ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता गुरुङले सांघाई सहयोग संगठन (एसईओ) शिखर सम्मेलनमा भाग लिन चीन जाने सिलसिलामा प्रधानमन्त्री ओलीले छिमेकी मुलुकबीच भएको सहमतिबारे कुरा उठाइने जानकारी दिएका हुन् ।

प्रधानमन्त्री ओलीले १४ देखि १८ भदौसम्म चीनको भ्रमण गर्ने तय भएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच ‘साइडलाइन’ भेटवार्ताका लागि दुवै देशका तर्फबाट तयारी भइरहेको बताइएको छ ।

लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको संवेदनशील भूभागका रूपमा चिनिन्छन् । भारतले सन् २०१५ मा चीनसँग भएको व्यापारिक मार्गसम्बन्धी सहमतिमा लिपुलेकलाई समेटेपछि नेपालले तीव्र आपत्ति जनाएको थियो । तर, विषय अझै निष्कर्षमा पुगेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077