Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

प्रभाकरले नपत्याउँदैमा इतिहास र आन्दोलन रोकिन्न : प्रचण्ड

प्रभाकरले नपत्याउँदैमा इतिहास र आन्दोलन रोकिन्न : प्रचण्ड

बिहिवार , भाद्र १२, २०८२

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा उपमहासचिव जनार्दन शर्मा (प्रभाकर) ले नपत्याउँदैमा माओवादी इतिहास र आन्दोलन नरोकिने बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भने- 'एकजना प्रभाकरले नपत्याएर यो पार्टी आन्दोलन, यो इतिहास रोकिँदैन । नेतृत्वको विषयमा पार्टी भित्रैका मान्छेले पत्याएका छैनन् ‘हामी आउने पदाधिकारीको बैठकमा यो विषयमा समीक्षा गर्छौं ।'

उनले जनार्दन शर्माको अभिव्यक्तिका विषयमा पार्टीमा समीक्षा गर्ने पनि बताए ।

उनले थपे- 'स्वार्थ समुह भनेको पार्टीको स्वार्थ, पार्टीको लाइन, पार्टीको विधि, पार्टीको पद्धति र लिडरसीप भन्दा बाहिर सार्वजनिक रुपमा वा आन्तरिक रुपमा पनि स्वार्थमा केन्द्रित भएर मिटिङहरु गर्नुलाई स्वार्थ समूह भनिएको हो ।'

अध्यक्ष प्रचण्डले पाटी भित्र स्वार्थ समूह रहेको भन्दै स्वार्थ समूहको बारेमा पहिचान समेत भइसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077