Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

ओली सचिवालयले भन्यो- विद्या भण्डारीबारे नबोलेका कुरा प्रचार गरीए

ओली सचिवालयले भन्यो- विद्या भण्डारीबारे नबोलेका कुरा प्रचार गरीए

बिहिवार , भाद्र १२, २०८२

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा विद्या भण्डारीका सम्बन्धमा सार्वजनिक अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

बुधवार पार्टीको आसन्न दोस्रो विधान महाधिवेशनको पूर्व सन्ध्यामा काठमाडौँका प्रतिनिधिहरूसँगको अनौपचारिक छलफल र भेटघाटबारे व्यक्त भनाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग जोडेर सञ्चारमाध्यमबाट सम्प्रेषित सूचना र समाचारका सम्बन्धमा प्रधानमन्त्री सचिवालयको ध्यानाकर्षण भएको जनाइएको छ ।

सचिवालयले भनेको छ- 'उक्त कार्यक्रम कुनै प्रशिक्षणमूलक थिएन, काठमाडौँ उपत्यकामै हुने विधान महाधिवेशनको पूर्व सन्ध्यामा काठमाडौँका महाधिवेशन प्रतिनिधिसँग अनौपचारिक भेटघाट मात्र थियो ।  भदौ ११ गते नै विधान महाधिवेशन हुने ललितपुर जिल्लाका पार्टी अध्यक्ष र पदाधिकारीसँग पनि अध्यक्ष ओलीको भेटघाट भएको थियो ।'

'काठमाडौँका प्रतिनिधिसँग अध्यक्ष ओलीले बोल्दै नबोलेका कुरा एमालेमा मलाई धक्का दिन विद्या भण्डारीबाहेक कसैको दम छैन। विद्याले छाडे सबै मिल्छ’ जस्ता भ्रामक र मनगढन्ते विषयहरु स्वार्थपूर्णरुपमा बाहिर ल्याइएको देखिएको सचिवालयको टिप्पणी छ ।'

भेटघाटमा अध्यक्ष ओलीले नेपालमा वामपन्थी आन्दोलनको ऐतिहासिक र सङ्घर्षपूर्ण विगतको पृष्ठभूमि, पार्टीको हित विपरीत व्यक्तिगत स्वार्थमा लाग्दा आन्दोलनलाई हुन पुुगेका क्षति, अहिलेको सरकारले विकास र सुशासनका लागि गर्दै आएका सकारात्मक कामलगायत विषयमा आफ्नो दृष्टिकोण राखेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077