Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

सीमा समस्या आपसी संवादबाट समाधान गर्नुपर्छ : प्रचण्ड

सीमा समस्या आपसी संवादबाट समाधान गर्नुपर्छ : प्रचण्ड

बिहिवार , भाद्र १२, २०८२

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल-भारत सीमा समस्या आपसी संवादका आधारमा समाधान गर्नुपर्ने बताएका छन्।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विगतमा कालापानी, लिपुलेक, लिम्पियाधुरा सीमा समस्या भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंगको आपसी सहमतिबाट समाधानका गर्ने प्रतिबद्धता रहेको स्मरण व्यक्त गरे।

उनले भने- 'पछिल्लो पटक प्रधानमन्त्रीका रूपमा भारत भ्रमणका अवसरमा आयोजित ‘प्रेस ब्रिफिङ’मा सीमा विवादका विषयमा चर्चा भएको र भारतीय प्रधानमन्त्री मोदीले सिमानाको समस्या जो बाँकी छ, त्यसलाई संवादद्वारा हल गरिन्छ भनेर प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।'

अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री हुँदा भारत भ्रमणको क्रममा सीमा समस्या समाधान नगरिकन छिमेकीसँगको सम्बन्ध सुमधुर हुन नसक्ने कुरा प्रष्टरूपमा राखेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077