Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

निजामती विधेयक : मुख्यसचिव र मुख्य रजिष्ट्रारको पदावधि २ वर्ष र सचिवको ४ वर्ष राख्ने सहमति

निजामती विधेयक : मुख्यसचिव र मुख्य रजिष्ट्रारको पदावधि २ वर्ष र सचिवको ४ वर्ष राख्ने सहमति

बिहिवार , भाद्र १२, २०८२

काठमाडौं । नेपाल सरकारले मुख्यसचिव तथा सर्वोच्च अदालतको मुख्यरजिष्ट्रारको कार्यकाल २ वर्ष र सचिवको कार्यकाल ४ वर्ष कायम गर्ने सहमति गरेको छ ।

प्रतिनिधि सभाबाट पारित संघीय निजामती सेवा विधेयकमाथि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा भइरहेको दफावार छलफलका क्रममा मुख्यसचिवको २ वर्ष र सचिवको ४ वर्ष कार्यकाल कायम गर्ने सहमति भएको हो ।

उक्त विधेयक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रस्ताव गरेको थियो । जसमा नेपाल सरकारको मुख्यसचिव र सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारको पदावधि ३ वर्ष र सचिवको पदावधि ५ वर्ष प्रस्ताव गरेको थियो ।

हालको निजामती सेवा ऐन, २०४९ अनुसार मुख्यसचिव र मुख्यरजिष्ट्रारको पदावधि ३ वर्ष र सचिवको पदावधि ५ वर्ष रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077