Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

विद्या भण्डारीलाई ओलीको चेतावनी - भीम रावलको जस्तै कारबाही भोग्नुपर्ला

विद्या भण्डारीलाई ओलीको चेतावनी - भीम रावलको जस्तै कारबाही भोग्नुपर्ला

बिहिवार , भाद्र १२, २०८२

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी अध्यक्षमा प्रतिस्पर्धामा आए हार्ने चेतावनी दिएका छन् ।

बुधबार काठमाडौंमा महाधिवेशन प्रतिनिधिहरूसँग भएको अनौपचारिक भेटघाटमा ओलीले यस्तो परिस्थितिमा पार्टीले उनलाई भीम रावलमाथि जस्तै कारबाही गर्नुपर्ने अवस्था आउन सक्ने प्रस्ट पारेका हुन् ।

बुधबार काठमाडौंमा महाधिवेशन प्रतिनिधिहरूसँग भएको अनौपचारिक भेटघाटमा ओलीले व्यक्त गरेको धारणा बिहीबार प्रधानमन्त्रीको सचिवालयमार्फत सार्वजनिक गरिएको छ । सचिवालयले विज्ञप्ति जारी गर्दै केही सञ्चारमाध्यमले ओलीको भनाइबारे गलत सूचना प्रवाह गरेको दाबी गर्दै आधिकारिक वक्तव्य सार्वजनिक गरेको हो।

विज्ञप्तिमा ओलीको भनाइ उद्धृत गर्दै भनिएको छ, “उहाँ (विद्यादेवी भण्डारी) पार्टीमा आएर अध्यक्ष उठेमा हार्नुहुन्छ। हारेपछि पार्टीविरुद्ध उभिनुभयो भने भीम रावललाई जस्तै स्पष्टीकरण र कारबाहीको प्रक्रियामा जानुपर्ने हुन्छ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077