Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

शुक्रवार , भाद्र १३, २०८२

काठमाडौँ । प्रतिनिधिसभा बैठक आज बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाका सचिव हर्कराज राईले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्नेछन् ।

यस्तै सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाइ समितिमा माननीय सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यस्तै भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई पारित गरियोस् भन्ने प्रस्ताव पनि उनले प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077