Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

कारबाहीबाट जोगिएकी नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले बोलाइन् केन्द्रीय समिति बैठक

कारबाहीबाट जोगिएकी नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले बोलाइन् केन्द्रीय समिति बैठक

शुक्रवार , भाद्र १३, २०८२

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले केन्द्रीय समिति बैठक बोलाएकी छन्।

अगामी भदौ १५ र १६ गते बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएकी हुन्। बैठक कान्तिपथको होटल एल्लो प्यागोडामा बस्नेछ। बैठकमा चारवटा कार्यसूची तय गरिएको छ।

बैठकमा समसामयीक राजनीतिक विषय, विधान संशोधन प्रस्ताव, केन्द्रीय सदस्य मनोनयन र निर्वाचन आयोगमा अध्यावधिक गर्ने विषयमा छलफल हुने अध्यक्ष श्रेष्ठले बताएकी छन्।

गत साउन १६ गतेको राष्ट्रिय भेलाबाट संरक्षक रेशम चौधरी पक्षले रञ्जिता श्रेष्ठलाई कारबाही गर्दै अध्यक्षबाट हटाएको थियो।

रेशम पक्षले लालवीर चौधरीलाई अध्यक्ष बनाउँदै निर्वाचन आयोगमा अद्यावधिका लागि निवेदन दिएको भए पनि आयोगले भेला नै अवैध भन्दै खारेज गरिदिएको थियो।

त्यसपछि नाउपाको पहिलोपटक बैठक बस्न लागेको हो।

अध्यक्ष श्रेष्ठले ‘अनिवार्य उपस्थित हुन भन्दै संस्थापक केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र पालिका प्रमुख, उपप्रमुखलगायत सम्पूर्णलाई पत्र पठाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077