Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

मन्त्रिपरिषद् बैठकद्वारा प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत

मन्त्रिपरिषद् बैठकद्वारा प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत

शुक्रवार , भाद्र १३, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ १४ देखि १८ सम्म गर्ने चीन भ्रमण मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको
एमाले सचिवालयले जनाएको छ ।

ओली सांघाइ सहयोग संगठन ९एससीओ०को शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली शनिबार चीन प्रस्थान गर्दै छन्।

१४ गते चीन जाने प्रधानमन्त्री ओलीले दुई दिनपछि १६ गते साङ्घाई सहयोग संगठन शिखर सम्मेलनलाई सम्बोधन गर्नुका साथै विभिन्न राष्ट्रका नेताहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

१७ गते प्रधानमन्त्री ओलीले बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्ने र त्यसपछि उच्चस्तरीय प्रतिनिधिमण्डल पनि भ्रमणमा सहभागी हुने तयारी छ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा श्रीमती राधिका शाक्यसहित शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मासहित उच्चपदस्थ सरकारी अधिकारीहरू सहभागी हुनेछ।

प्रधानमन्त्री ओली भ्रमण पूरा गरेर भदौ १८ गते स्वदेश फर्किने छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077