Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

रास्वपा र राप्रपासँग सरकारले संवाद नगरेकोप्रति सभामुख चिन्तित

रास्वपा र राप्रपासँग सरकारले संवाद नगरेकोप्रति सभामुख चिन्तित

शुक्रवार , भाद्र १३, २०८२

काठमाडौं । सभामुख देवराज घिमिरेले रास्वपा र राप्रपाले लामो समयदेखि नियमित प्रतिनिधिसभा बैठकमा सहभागी नभएकोप्रति सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।

भिजिट भिसा प्रकरणको छानबिनको माग राखेर लामो समयदेखि प्रतिपक्षी बेन्चमा रहेका सांसदहरू नियमित बैठकमा सहभागी नभएको उल्लेख गर्दै आजको प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै सभामुख घिमिरेले यस्तो बताएका हुन् ।

उनले भने- 'यस सम्बन्धमा म आफैले सहमतिका लागि सम्भाव्य सबै पहल र संवादको मार्ग अपनाएको बारे सबै माननीय सदस्यहरू जानकार नै हुनुहुन्छ । तर, सदन सुचारु बनाउन सरकार र राजनीतिक दलहरूबीच हुनुपर्नेमा नभएकोमा मलाई चिन्ता लागेको छ ।'

सहमतिका लागि आफू अझै पनि सक्रिय रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077