काठमाडौं । भिजिट भिसा प्रकरणमा संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक समिति गठन नहुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्।
सभामुख देवराज घिमिरेले सभा सुरु भएको घोषणा गरेपछि दुवै पार्टीका सांसदहरूले विरोध जनाएका थिए।
बोल्न पाएका रास्वपाका गणेश पराजुलीले प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा लिम्पियाधुरा र लिपुलेकबारे स्पष्ट कूटनीतिक धारणा राख्न आग्रह गरे।
राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भारत-चीनबीच लिपुलेकसम्बन्धी सहमतिको विरोध गर्दै संयुक्त राष्ट्रसंघमा विषय उठाउन माग गरे।
सधैँजस्तै भिजिट भिसा प्रकरणमा सरकारले छानबिन समिति नबनाएसम्म आन्दोलन जारी राख्ने चेतावनीसहित दुवै दलका सांसदहरू बैठक बहिष्कार गर्दै बाहिरिएका हुन्।
आफ्नो भनाइपछि दुवै दलका सांसदले संसद् बैठक बहिष्कार गरे ।
दुई दलले गत जेठ १३ गतेदेखि निरन्तर विरोध जनाउँदै आएका छन् ।