काठमाडौं । निर्वाचन आयोगले मनाङ १ (२) मा आउँदो कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।
शुक्रबार आयोगले विज्ञप्ति जारी गर्दै मनाङ १ (२) का लागि निर्वाचन मिति तोकेको हो ।
सोही दिन रूपन्देही–३ मा पनि उपनिर्वाचन हुने आयोगले जनाएको छ ।
०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा विजयी भएका राजीव गुरुङ (दीपक मनाङे) सर्वोच्च अदालतको आदेशबाट पदमुक्त भएपछि सो स्थान रिक्त भएको हो ।
गत २०८१ साल कात्तिक २० गतेदेखि मनाङ १ (२) प्रतिनिधि सभा सदस्य रिक्त रहँदै आएको छ । आयोगले रिक्त स्थानमा जनप्रतिनिधि चयनका लागि तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नेछ ।