Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

गृहमन्त्रालय चलाउने जिम्मा मलाई दिनूहोस् ,नायक फिल्मको हिरो झैँ काम गर्छु : किरण  साह

गृहमन्त्रालय चलाउने जिम्मा मलाई दिनूहोस् ,नायक फिल्मको हिरो झैँ काम गर्छु : किरण  साह

शुक्रवार , भाद्र १३, २०८२

काठमाडौं। नेकपा एमालेका सांसद किरण कुमार साहले सरकारले शान्ति सुरक्षाको प्रत्याभुति गर्न नसकेको बताएका छन्।  आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने- 'सुशासनको नारा लगाउनेहरूको पालामा आज देश कुशासन र अपराधको दलदलमा डुबिरहेको छ ।’कसैको शव सुटकेसभित्र फेला परेको, कसैको जंगलमा शव फेला परेको, कसैको चच्कु प्रहरबाट हत्या भएको त कसैले आत्म हत्या गर्नेक्रम बढिरहेको छ ।'

उनले रौतहटमा २५ दिनमा ५ जना निर्दोष नागरिकले ज्यान गुमाउनु परेको बताए ।

उनले थपे- 'यो सब गृहमन्त्रीको कमजोरी र लापरबाहीको परिणाम हो। यदि गृहमन्त्रीज्यूसँग गृहमन्त्रालय चलाउने क्षमता छैन भने यो मन्त्रालय मलाई एक महिनाको लागि दिनुहोस् । म देखाउँछु, सुशासन भनेको के हो ? संविधान कार्यान्वयन भनेको के हो ?  कानुनको शासन भनेको कस्तो हुन्छ ?'

यदि गृहमन्त्री रमेश लेखकसँग गृहमन्त्रालय चलाउने क्षमता छैन भने आफूलाई जिम्मेवारी दिन उनले माग गरे ।

उनले भने- 'मैले यस्तो भनिराख्दा हास्यास्पद हुन सक्छ’ उनले गृहमन्त्रालयको नेतृत्व माग्दै भने, यदि नायक फिल्मको जस्तै सफल हुन सकिन भने म यही सदनको बीचमा राजीनामा दिनेछु ।'

गृहमन्त्री भए यी काम आफूले नायक फ्लिमको हिरोले झैँ गर्ने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077