Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

रास्वपाका केन्द्रीय सदस्य पाँडेलाई धरौटीमा छाड्न आदेश

रास्वपाका केन्द्रीय सदस्य पाँडेलाई धरौटीमा छाड्न आदेश

शुक्रवार , भाद्र १३, २०८२

काठमाडौं । जिल्ला अदालत काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अरनिको पाँडेलाई धरौटीमा छाड्ने आदेश दिएको छ ।

जिल्ला न्यायधिश ध्रुवराज उप्रेतीको इजलासले राष्ट्रिय योजना आयोगका पूर्वसदस्य समेत रहेको पाँडेविरुद्धको मुद्दामा यस्तो आदेश गरेको हो ।

एक महिलालाई सामाजिक सञ्जालमार्फत गालीगलौच गरेको अभियोग उनीविरुद्ध थियो । सोही उजुरीका आधारमा उनी बुधबार पक्राउ परेका थिए ।

उनी विरुद्द अदालतमा विद्युतीय (इलेक्ट्रोनिक) कारोबार कसुर ऐनअन्तर्गतको कसुरमा पाँडेविरुद्ध अभियोग पत्र दर्ता भएको थियो ।

इमेल र ह्वाट्सएपमार्फत चरित्रहत्या गरेको आरोपपछि साइबर ब्युरो पुगेका पाँडेलाई जिल्ला सरकारी वकील कार्यालय, काठमाडौंले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार कसुर ऐन, २०६३ को दफा ४७ (१) अन्तर्गतको कसुरमा १ लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजायको माग गरेर जिल्ला अदालत काठमाडौंमा अभियोग पत्र दर्ता भएको थियो ।

न्यायधिश उप्रेतीको इजलासले पाँडेसँग २० हजार रुपैयाँ धरौटी माग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077