Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

माओवादी केन्द्रको पदाधिकारी बैठक भदौ १९ गते बस्दैं

माओवादी केन्द्रको पदाधिकारी बैठक भदौ १९ गते बस्दैं

शुक्रवार , भाद्र १३, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक भदौ १९ गते बस्ने भएको छ ।

माओवादी सचिवालयका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा भदौ १९ गते बैठक बस्ने तय भएको छ । समय भने तोकिन बाकीँ छ ।

बैठकमा समसामयिक राजनीति, स्थायी समितिको निर्णय कार्यान्वयन लगायत एजेण्डामा छलफल हुने सचिवालयले जनाएको छ ।

यसअघि भदौ ३ गते स्थायी समिति बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको थियो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को व्यवस्तताको कारण आजको बैठक स्थगित गरिएको थियो ।

त्यसपछि भदौ ६ र ८ गते बोलाएको बैठक विभिन्न कारणबस स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077