काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालबाट चिकित्सक मात्र नभएर बिरामी पनि बिदेसिने थालेको बताएका छन् ।
शुक्रबार कांग्रेसनिकट प्रजातान्त्रिक चिकित्सक संघको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन्।
‘डाक्टरहरू बिदेसिन थाले मात्रै होइन, बिरामी पनि बिदेसिन थाले,’ सभापति देउवाले भने, ‘नेपालमा अझैँ पनि राम्रो स्वास्थ्य सेवा हुन सकेको छैन।’
अहिले राम्रा मेडिकल कलेज, राम्रा अस्पताल भए पनि सेवा पनि राम्रो गर्न सके देशलाई राम्रो हुने बताए। ‘त्यसो भए नेपाल एउटा शिक्षाको हब मात्रै नभएर स्वास्थ्य सेवाको हब बन्न सक्छ,’ देउवाले भने।