Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

परराष्ट्रमन्त्री राणाको आग्रह - सुदूरपश्चिममा वैदेशिक लगानी गरौँ

परराष्ट्रमन्त्री राणाको आग्रह - सुदूरपश्चिममा वैदेशिक लगानी गरौँ

शुक्रवार , भाद्र १३, २०८२

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशमा उपलब्ध अथाह सम्भावनाका क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्ताहरुलाई आग्रह गरेकी छन् ।

सुदूरपश्चिम प्रदेश सरकारद्वार आगामी नोभेम्बर १७-१८ मा सुदूरपश्चिमको धनगढीमा अयोजित ‘सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन’को तयारीस्वरुप परराष्ट्र मन्त्रालयमा आयोजित बैठकमा मन्त्री राणाले यस्तो बताएका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रकृतिको सुन्दरताले भरिपूर्ण र प्राकृतिक स्रोत एवं सम्पदाले सम्पन्न रहेकाले यस क्षेत्रमा लगानी गरेर मुनाफा कमाउन वैदेशिक लगानीकर्ताहरुलाई आग्रह गरे ।

नेपालस्थित विभिन्न देशका राजदूत एवं प्रतिनिधिसमेत उपस्थित बैठकमा मन्त्री डा राणाले भनिन्, ‘सुदूरपश्चिम प्रदेश नेपालकै समृद्धिको प्रवेशद्वार हो । यहाँ जलविद्युत् एवं नवीकरणीय ऊर्जा, कृषि, पर्यटन, सिमापार व्यापार, शहरी पूर्वाधार, सूचना प्रविधि र डिजिटल पूर्वाधार, खानी र प्राकृतिक स्रोतमा आधारित उद्योगहहरुको प्रसस्त सम्भावना छ । त्यसैले म स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई लगानी गर्न आह्वान गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077