काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको अवसरमा शुभकामना दिँदै संवेदनशील राष्ट्रिय मुद्दा उठाउन सुझाव दिएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै मेयर शाहले लिपुलेक नेपालकै भूमि भएको स्पष्ट सन्देश चीनलाई दिन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।
उनले लेखेका छन्– “चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यु । नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथि अतिक्रमण गरेको छ। त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला।”
भारत र चीनबीचको सहमति मार्फत लिपुलेक नाकाबाट व्यापार सञ्चालन हुने जानकारी सार्वजनिक भएपछि नेपालभित्र विरोधका आवाज उठिरहेका छन् ।