वीरगन्ज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सिमरा विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
आज बिहान ९ बजे वीरगन्ज पुगेकी भण्डारीलाई जिल्लाका एमाले नेता तथा कार्यकर्ताले उनलाई विमानस्थलमै पुगेर स्वागत गरेका थिए।
उद्योग वाणिज्य संघले आयोजना गरेको महिला उद्यमीहरुसँगको छलफल तथा अन्तरक्रियाका कार्यक्रमका लागि उनी त्यहा गएकी हुन ।
भण्डारीका लागि ५१ किलोको माला तयार गरिएको स्थानीय एमालेका एक नेताले बताए । नेता तथा कार्यकर्ताले भण्डारीलाई सयपत्री फूलको त्यही ठूलो माला लगाइदिएर स्वागत गरेका थिए ।