काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पतञ्जली जग्गा प्रकरणमा आफूमाथि बिना कारण मुद्दा लगाइएको बताएका छन्।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले बताएका हुन्। ।
हदबन्दी भन्दा बढी जग्गा राख्न दिने अधिकार नेपाल सरकारसँग रहेको नेपालको बताए ।
उनले भने- 'अहिले ममाथि एउटा मुद्दा चलाइएको छ । मुद्दामा ४ वटा कुरा छ । हदबन्दी भन्दा बढी जग्गा दिने काम गरेर र दिएको भन्दा बढी जग्गा विक्री गर्न दिने काम गरेर बेठीक भयो भन्नेछ । सरकारी र सार्वजनिक सम्पती हिनामिना र हानी नोक्सानी गर्ने काम भयो । यसरी हिनामिना र हानी नोक्सानी गरेर भ्रष्टाचारको काम भयो । हदबन्दी भन्दा बढी जग्गा विक्री गर्न दिन पाइन्छ की पाइँदैन, कानूनले के भन्छ ?
हदबन्दी छुटलाई नियमन गर्ने सम्बन्धी विशेष व्यवस्था रहेको छ । नेपाल सरकारले सूचित आदेश बमोजिम हदबन्दीको जग्गा राख्न दिन स्वीकृति दिन सक्नेछ । स्वीकृति दिँदा आवश्यक शर्तहरू तोक्न सक्नेछ । अर्थात् हदबन्दी भन्दा बढी जग्गा राख्न दिने अधिकार नेपाल सरकारसँग छ । यस केसमा क्याबिनेटले सर्वसम्मतिले निर्णय गरेर दिएको हो । हदबन्दी भन्दा बढी जग्गा राख्न दिएर गल्ती काम भयो भन्ने कुराको कानूनी आधार छैन ।'
उक्त जग्गा मन्त्रिपरिषद्बाट सर्वसम्मतिले निर्णय गरेर दिएको उनले उल्लेख गरे। आफू प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्मा विद्यादेवी भण्डारीदेखि एमाले महासचिव शंकर पोखरेल, सुजाता कोइराला, भीम रावल, मिनेन्द्र रिजालसम्म रहेको दाबी गरे।