चीन। प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच दुई पक्षीय भेटवार्ता भएको छ।
शाङ्घाइ सहयोग सङ्गठन (एससिओ)को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा आज अपराह्न पुगेका प्रधानमन्त्री ओलीको राष्ट्रपति सीसँग थियानजिन अतिथिगृहमा भेटवार्ता भएको हो।
त्यसअघि उनले प्रधानमन्त्री ओलीलाई सो गृहमा स्वागत गरेका थिए।
भेटमा नेपाल र चीनबीच द्विपक्षीय सम्बन्धको बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।