काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगर प्रहरीलाई व्यक्तिको नभई संस्थाको प्रतिनिधि भएर काम गर्न आग्रह गरेकी छन् ।
३३औँ महानगर प्रहरी दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो आग्रह गरेकी हुन् ।
महानगर प्रहरी मेयर बालेन शाहको निर्देशनानुसार मात्र चल्ने गरेको उनले आशय व्यक्त गरिन् ।
व्यक्तिको नभई संस्थाको प्रतिनिधि भएर फिल्डमा खटिन उनले आग्रह गरिन् ।
उनले कानुनी शासनको प्रतिनिधित्व गर्ने विषयमा मानक स्थापना गर्न पनि सुझाव दिइन् ।