Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

समाजमा महिलाको शक्ति र त्यागलाई सम्मान गर्नुपर्छ : विद्या भण्डारी

समाजमा महिलाको शक्ति र त्यागलाई सम्मान गर्नुपर्छ : विद्या भण्डारी

शनिवार , भाद्र १४, २०८२

वीरगन्ज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाजमा महिलाको योगदानलाई अपेक्षित सम्मान अझै प्राप्त नभएको बताएकी छन् ।

वीरगन्ज उद्योग वाणिज्य सङ्घले शनिबार वीरगन्जमा आयोजना गरेको बृहत् महिला सम्मेलन कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

परिवार निर्माणदेखि उद्योग व्यवसाय, शिक्षा, स्वास्थ्य र सामाजिक रूपान्तरणमा महिलाको योगदान अग्रपङ्क्तिमा रहेको उनको भनाई छ ।

उनले भनिन्- ‘हामीले महिला समाजमा पूर्णरुपमा सक्षम हुन्छन् भनेर देखाउनुपर्छ, अझ बढी महिला आत्मविश्वासी बन्नुपर्छ ।’

महिलाको शक्ति र त्यागलाई संस्थागत रुपमा सम्मान गर्न सकिए समृद्ध नेपालको सपना पूर्ण रूपमा पूरा गर्न सकिने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077