Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

चिनियाँ राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्री ओलीले भने - लिपुलेक नेपालको हो, भारत-चीन सम्झौतामा आपत्ति छ

चिनियाँ राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्री ओलीले भने - लिपुलेक नेपालको हो, भारत-चीन सम्झौतामा आपत्ति छ

शनिवार , भाद्र १४, २०८२

काठमाडौं । चीनका राष्ट्रपति सी चीनफिडसँगको द्विपक्षीय भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकका विषयमा कुरा गरेका छन् ।

नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा प्रधानमन्त्री ओलीले आपत्ति जनाएका हुन् ।

त्यस्तै भेटका अवसरमा दुई देशबीचको मित्रवत सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भई सम्बन्ध र सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने समझदारी भएको उनको भनाइ छ। उनले सुगौली सन्धि अनुसार उक्त भूमि नेपालको भएको स्मरण गराए ।

चीनको थियानजिनस्थित अतिथि गृहमा शनिबार भएको सौहार्दपूर्ण द्विपक्षीय भेटवार्तामा प्रधानमन्त्री ओलीले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको सार्वभौम भूमि भएको स्पष्ट पारे ।

भेटमा ओलीले सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका सबै भूभागहरु सार्वभौम मुलुक नेपालका भएको स्पष्ट रहेको र यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नेछ विश्वास रहेको बताएको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिए ।

प्रधानमन्त्री ओली सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन चीन भ्रमणमा छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077