बुटवल । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीको १५औँ महाधिवेशनमा आफू सहजै सभापति बन्ने दाबी गरेका छन् ।
शनिबार (भदौ १४) बुटवलमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन । उनले पार्टीलाई बलियो बनाउन नेतृत्वमा नयाँ धार आवश्यक भएको बताए ।
मुलुकमा बढ्दै गएको अराजकता, बेथिति र भ्रष्टाचार नियन्त्रण गर्न सक्षम नेतृत्व आफू मात्र भएको उनले जिकिर गरे ।
“म मन्त्री वा प्रधानमन्त्री बन्ने लोभले होइन, कांग्रेसलाई सशक्त बनाउन सभापति बन्न चाहन्छु,” उनले भने ।
आफूलाई सभापति शेरबहादुर देउवाको साथ, सहयोग रहने विश्वास पनि उनले व्यक्त गरे ।