Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

विद्याको पार्टी सदस्यता नवीकरण हुँदैन, ‘बोल्ड लिडर’ ओली नै हुन् : प्रदीप ज्ञवाली

विद्याको पार्टी सदस्यता नवीकरण हुँदैन, ‘बोल्ड लिडर’ ओली नै हुन् : प्रदीप ज्ञवाली

शनिवार , भाद्र १४, २०८२

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नहुने बताएका छन् ।

शनिबार प्रेस चौतारीको केन्द्रीय कार्यालयमा आयोजित आगामी विधान महाधिवेशनको सन्दर्भमा भएको अन्तरसंवाद कार्यक्रममा बोल्दै ज्ञवालीले यस्तो बताएका हुन् ।

उनले पार्टीले संस्थागत निर्णय गरेर प्रणाली बसाइसकेकाले अब भण्डारीको पार्टी सदस्यता नवीकरणको कुरा उठाउनु आवश्यक नभएको बताए ।

उनले राष्ट्रपति र उपराष्ट्रपति जस्ता पदमा पुगेका व्यक्तिहरू पार्टीमा आबद्ध हुनेभन्दा पनि देशकै अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

संविधानको धारा ६२ को उपधारा ६ मा निर्वाचित वा मनोनीत जुनसुकै पदमा भएपनि राष्ट्रपति वा उपराष्ट्रपतिमा निर्वाचित हुने बित्तिकै सबै पदहरूबाट स्वतः मुक्त हुने कुरा उल्लेख भएको भन्दै ज्ञवालीले भण्डारीको पार्टी सदस्यता पनि सोही बेला नै निष्क्रिय भएको बताए ।

उनले पार्टी अहिले अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै यस्तो अवस्थामा ‘बोल्ड लिडर’ आवश्यक हुने र त्यस्तो नेतृत्व अध्यक्ष केपी शर्मा ओलीले मात्र दिन सक्ने दाबी गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077