काठमाडौं । गृहमन्त्री रमेश लेखकले वीरगञ्जमा हैजाको प्रकोप देखिएकाले मानवको ज्यान जोगाउनका लागि अधिकतम प्रयास गर्ने बताएका छन् ।
पर्साको वीरगञ्जमा हैजाको प्रकोप देखिएसँगै शनिबार राति झाडापखाला र हैजाका बिरामीको स्थितिबारे बुझ्नका लागि आफू नारायणी अस्पतालमा आइपुगेको उनले बताएका हुन् ।
‘अहिले हैजाको प्रकोप देखिएकाले सरकारले नागरिकको जिउज्यान जोगाउन जेजति काम गर्नुपर्ने हो । सोहीअनुसार काम गर्नका लागि तयारी अवस्थामा रहेका छौं’, उनले भने, ‘औषधिको कमी हुन दिनेछैनौं । चिकित्सकको पनि कमी हुन दिनेछैनौं ।’
गृहमन्त्री लेखकले उपचारका लागि आवश्यक पर्ने नर्सिङ स्टाफ र अन्य जनशक्तिका लागि पनि आवश्यक समन्वय र सहजीरकरण गर्ने बताए ।