Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

नाउपा केन्द्रीय समिति बैठक आज, रेशम चौधरी अनुपस्थित रहने

नाउपा केन्द्रीय समिति बैठक आज, रेशम चौधरी अनुपस्थित रहने

आइतवार , भाद्र १५, २०८२

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले काठमाडौंको जमलस्थित येलो प्यागोडामा केन्द्रीय समिति बैठक बोलाएकी हुन् ।

पार्टीको विधान संशोधन र केन्द्रीय सदस्य मनोनयन गर्ने एजेण्डासहित बैठक बोलाइएको अध्यक्ष श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।

बैठकमा पार्टीका संस्थापक केन्द्रीय सदस्य र संघ र प्रदेशका सांसदहरूलाई निमन्त्रणा गरिएको छ । बैठकमा पार्टीका संरक्षक रेशम चौधरीको पनि उपस्थिति नरहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077