Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

बिआरआई परियोजना छिटो कार्यान्वयनमा चिनियाँ राष्ट्रपति सीको प्रतिबद्धता

बिआरआई परियोजना छिटो कार्यान्वयनमा चिनियाँ राष्ट्रपति सीको प्रतिबद्धता

आइतवार , भाद्र १५, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको भेटवार्तामा दुवै नेताले परस्पर लाभदायक सहकार्यलाई आगामी दिनमा अझ प्रभावकारी ढंगले अघि बढाउने सहमति जनाएका छन् ।

बीजिङस्थित नेपाली दूतावासका अनुसार राष्ट्रपति सीले नेपाललाई निरन्तर सहयोग गर्ने आश्वासन दिँदै बिआरआईअन्तर्गतका सहमति भइसकेका उच्च गुणस्तरका परियोजना कार्यान्वयनलाई प्राथमिकतामा राखिने स्पष्ट पारेका छन् ।

राष्ट्रपति सीले नेपाल–चीनबीच हिमाल र नदीहरूले जोडेको ऐतिहासिक मित्रता रहेको स्मरण गर्दै बिआरआई परियोजनाले दुई देशका जनतालाई झन् नजिक ल्याएको बताए । साथै, संयुक्त राष्ट्रसंघ र शाङ्घाई सहयोग संगठन (एससिओ) जस्ता बहुपक्षीय मञ्चहरूमा पनि चीनले नेपालसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

भेटमा प्रधानमन्त्री ओलीले नेपाललाई एससिओको पूर्ण सदस्यता दिलाउन चीनले समर्थन गर्न आग्रह गरेका थिए। हाल नेपाल सो संगठनको ‘डायलग पार्टनर’ मात्र हो।

त्यसैगरी, प्रधानमन्त्री ओलीले विगतमा भएका सहमतिअनुरूपका १० बिआरआई परियोजना छिटो अघि बढाउन आग्रह गर्दै मल आपूर्ति, पेट्रोलियम अन्वेषण, मानव संसाधन विकास, जलवायु सहनशीलता तथा जनस्तरको सम्बन्ध विस्तार जस्ता क्षेत्रमा चीनको थप सहयोग आवश्यक रहेको बताएका दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077