Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले गरे चाउ इन्लाई सङ्ग्रहालयको अवलोकन

प्रधानमन्त्री ओलीले गरे चाउ इन्लाई सङ्ग्रहालयको अवलोकन

आइतवार , भाद्र १५, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको थियानजिनस्थित चाउ इन्लाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन गरेका छन्।

पाँच दिने चीन भ्रमणको दोस्रो दिन प्रधानमन्त्री ओलीले उक्त सङ्ग्रहालयको अवलोकन गरेका हुन् ।

चाउ इन्लाई चीनका पूर्व प्रधानमन्त्री हुन् । त्यसअघि ओलीले चीनको जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेका छन् ।

प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलसहित भदौ १४ देखि चीन भ्रमणमा छन्। यस क्रममा उनले शनिबार नै चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरिसकेका छन्।

त्यस्तै भेटका अवसरमा दुई देशबीचको मित्रवत सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भई सम्बन्ध र सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने समझदारी भएको उनको भनाइ छ। उनले सुगौली सन्धि अनुसार उक्त भूमि नेपालको भएको स्मरण गराए ।

प्रधानमन्त्री ओलीले सेप्टेम्बर ३ मा बेइजिङमा आयोजना हुने ८०औँ वार्षिकोत्सवका स्मृति कार्यक्रममा सहभागिता जनाउने भ्रमणको कार्यतालिकामा उल्लेख छ । भ्रमणका क्रममा ओलीले विभिन्न मुलुकका नेताहरूसँग समेत भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसअघि उनले सेप्टेम्बर १ मा थियानजिनमा आयोजना हुने शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा श्रीमती राधिका शाक्यसहित शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मासहित उच्चपदस्थ सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री चीन गएका हुन् ।

भ्रमण तथा कार्यक्रम सकेर प्रधानमन्त्री ओलीको टोली भदौ १८ गते स्वदेश फर्कने तालिका छ।

538632389_779929051871282_393239410383613957_n

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077