Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

लामिछानेलाई भेट्न कारागार पुगे रास्वपाका नौ आकांक्षी उम्मेदवार

लामिछानेलाई भेट्न कारागार पुगे रास्वपाका नौ आकांक्षी उम्मेदवार

आइतवार , भाद्र १५, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रूपन्देही–३ का आकांक्षी नौ उम्मेदवार पार्टी सभापति रवि लामिछानेलाई भेट्न नक्खु कारागार पुगेका छन् ।

उम्मेदवारीको प्रतिस्पर्धामा रहेका सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजङ्ग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्याल  पार्टी सभापति लामिछानेलाई भेट्न उनीहरू आज ललितपुरको नक्खु कारागार पुगेका हुन् ।

आउँदो कात्तिक १७ गते रूपन्देही–३ मा उपनिर्वाचन हुँदै छ । जसका लागि रास्वपाबाट नौजना आकांक्षी छन् । रास्वपाले आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरिसकेको छ। त्यसअघि आकांक्षीहरूले पार्टी अध्यक्षसँग प्रत्यक्ष भेटघाट गरी छलफल गरेका हुन्।

रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने मुद्दा पुर्पक्षका निम्ति नक्खु कारागारमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077