काठमाडौं । राष्ट्रियसभाको विधायन समितिमा निजामती विधेयकमाथिको दफाबार छलफल सकिएको छ ।
विधेयकमाथिको दफावार छलफल सकिएसँगै समितिकी सभापति तुलसाकुमारी दाहालले अब आइतबार दिउसो २ बजे प्रतिवेदनमाथि छलफल गर्ने गरी बैठक स्थगित भएको बैठकमा जानकारी गराइन् ।
नायब सुब्बाको खुला कति प्रतिशत तोक्ने, ६० वर्षे अवकाश उमेर कार्यान्वयन मोडल कस्तो हुने, राजनीतिक गतिविधिलगायत विषयको टुंगो लागेको छैन ।
टुंग्याउन बाँकी विषयबारे छलफल गर्न आजै दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ ।