Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सिडेनको अध्यक्षमा रविभूषण झा निर्वाचित

सिडेनको अध्यक्षमा रविभूषण झा निर्वाचित

आइतवार , भाद्र १५, २०८२

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स (सिडेन) को अध्यक्षमा रविभूषण झा निर्वाचित भएका छन् ।

संस्थाको शनिबार भएको आठौं अधिवेशनले झाको नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको हो ।

पार्टीको संस्थापन पक्षबाट अध्यक्षको उम्मेदवारबाट बनेका झाले १३१५ मत पाउँदा संस्थापनइतरबाट अध्यक्षका प्रत्यासी धनेन्द्र केसीले १००२ मत पाए ।

उपाध्यक्षमा निर्वाचित मदन पुरीले १२८० मत ल्याए । महासचिवका लागि प्रतिस्पर्धी रहेका तीन मध्ये झाको प्यानलबाट उम्मेदवार बनेका सुुदर्शन शर्माले ११७४ मत ल्याएर निर्वाचित भए । महासचिवमा भूपेन्द्र श्रेष्ठले ९०२ र कुलराज खनालले २३५ मत पाए । उपमहासचिवमा खगेन्द्र अवस्थी निर्वाचित भए भने कोषाध्यक्षमा रस्मिता बञ्जाराले जितिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077